• मंसिर १४ २०८१, शुक्रबार

प्रतितोला १५ सय रुपैयाँले घट्यो सुनको भाउ

बैशाख ७ २०७९, बुधबार

काठमाडौँ। साताको कारोबारको चौंथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा १५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।