काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्तागरेको रिटउपर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसंगै भाेलि बुधबारदेखि नियमित काममा फर्किने भएका छन् ।
निलम्बनमा परेका अधिकारीलाई नियमित काममा फर्कन अदालतले बाटो फुकाइदिएपछि उनले भोलिबाटै नियमित काम गर्ने भएका हुन् ।
अदालतको प्रारम्भिक निर्णयले राष्ट्र बैंकको गरिमा र स्वयत्तता जोगाएको उल्लेख गर्दै उनले भने, ‘अदालतको आदेश आएपछि भोलि देखि नै कार्यालय उपस्थित भई नियमित काम गर्छु ।’ सर्वोच्च अदालतले गभर्नरलाई निलम्बन गरेको पत्राचार तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।