• बैशाख २४ २०८३, बिहीबार

सत्ता गठबन्धनको बैठक सर्‍यो

बैशाख ६ २०७९, मंगलवार

काठमाडौँ। आज बिहान ११ बजेका लागि बोलाइएको सत्तागठबन्धनको बैठक सरेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य पार्टीको पनि बैठक रहेकोले सत्तागठबन्धनको बैठक तीन घण्टा पर सारेर दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

हिजो सोमबार पनि सत्तागठबन्धनको बैठक बालुवाटारमा बसेको थियो। महानगर र उपमहानगरमा भागबन्डा गर्नेबारे आजको बैठकले सहमति गर्ने र टुंगो लगाउने नेताहरुले बताएका छन्।