• बैशाख १५ २०८२, सोमबार

भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक २८ गतेका लागि सर्‍याे

पुष २१ २०७८, बुधबार

काठमाडौं । बिहीबारका लागि डाकिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे आग्रहमा बैठक स्थगित गरिएकाे संसद सचिवालयले जनाएको छ। एमालले जिल्ला अधिवेशन जारी रहेकाले बैठकमा उपस्थिति हुन समस्या देखापर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरेकाे थियाे ।

अर्काे बैठक पुस २८ गते बुधबार दिउँसाे एक बजे बस्ने छ।