• बैशाख १६ २०८२, मंगलवार

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका पुन: संशोधन

पुष १८ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । संशोधित कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताको समय आइतबार अपराह्न ४ देखि ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र दर्ताको सूची साँझ ६ः३० बजे प्रकाशन गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजे उम्मेदवारको नामावली पुनः प्रकाशनको समय तोकिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।