काठमाडौँ। नेकपा माओवादी केन्द्रको काठमाडौँमा जारी आठौं महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि (१ः३० बजे)देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो ।
महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहालले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।
समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । एक नम्बर समूहबाट सुरु भएको निष्कर्ष प्रस्तुत गर्ने कार्य अहिले तेस्रो समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरिरहेको छ ।
गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।