• बैशाख १२ २०८२, शुक्रबार

मन र भावना मिलिसके पछि बाँकी कुरा मिल्दै जान्छ : माधव नेपाल

पुष ११ २०७८, आईतवार

काठमाडौं । मन र भावना मिलिसके पछि बाँकी कुरा मिल्दै जाँदा रहेछन्, माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिंदै गर्दा आफूलाई यस्तो अनुभूति हुन गएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले बताएका छन् । यस्तो मन र भावना मिल्नका लागि तानाशाही विरुद्धको संघर्षले काम गरेको उनको दाबी छ ।

नेपालमा रहेका राजनीतिक पार्टीहरुले कुरा मात्र गरेर पुग्दैन भन्दै नेपालले यसको व्यवहारिक कार्यान्वयन हुनु पर्ने कुरामा जोड दिएका छन् । नेपालमा समाजवाद निर्माणको कुरा चलिरहेको स्मरण गराउँदै अध्यक्ष नेपालले यसका लागि राजनीतिक पार्टी, विषय विशेषज्ञ, वौद्धिक व्यक्तित्व, नेपाली जनता र पार्टीका नेता तथा कार्यकर्ताका बीचमा नेपाली समाजवादको स्वरुपका बारेमा विषद छलफल जरुरी रहेको कुरामा जोड दिएका छन् ।

देश र जनताका समस्या समाधानका लागि सरोकारवाला सबै छलफलमा सहभागी हुन र सामूहिक प्रयत्न गर्नु जरुरी रहेको नेता नेपालको जिकिर समेत रहेको छ ।