• बैशाख १२ २०८२, शुक्रबार

मधेश आन्दोलन नभएको भए देशमा गणतन्त्र आउने थिएन : उपेन्द्र यादव

पुष ११ २०७८, आईतवार

काठमाडौं । मधेश आन्दोलन नभएको भए देशमा गणतन्त्र नै नआउने अवस्था रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा महाधिवेशन सफलताको शुभकामना दिने क्रममा यादवले उक्त कुरा बताएका हुन् ।

देश अहिले गणतन्त्र बनिसकेको छ । तर नेता यादवका अनुसार संविधानमा अभिव्यक्ति कुरा कार्यान्वयन हुन बाँकी रहेको छ । संसद बन्धक नबनाउन र हठ नलिन एमालेलाई सुझाव दिइरहेका यादवले लोकतन्त्र यदि धरापमा पर्यो भने यसको प्राप्तिका लागि फेरि कैयौं वर्ष लड्न र बलिदान गर्नुपर्ने अवस्था सिर्जना हुनसक्नेमा यादवको सुझाव रहेको छ ।