• बैशाख १२ २०८२, शुक्रबार

सामूहिक रुपमा अघि बढ्नु जरुरी छ : दुर्गा पौडेल

पुष ११ २०७८, आईतवार

काठमाडौं । देशमा गणतन्त्र आए पनि यसको रक्षाका लागि दलहरु अझैं पनि एकजुट भएर जानु पर्ने कुरा मसाल नेतृ दुर्गा पौडेलले बताएकी छिन् । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई अतिथिका रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले जोड दिँदै भनेकी छिन्– देशमा गणतन्त्र आएको छ, तर यसलाई सुदृढीकरण गर्दै अघि बढ्न जरुरी छ, यसका लागि राजनीतिक पार्टीहरुमा अझै पनि सामूहिक सहकार्यको जरुरी रहेको छ ।