काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले राष्ट्रियता बलियो बनाउनुपर्ने बताएकी छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री शाहीले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह गरिन्।
विचार र वादहरू फरक भए पनि देश पहिले हुने उनको धारणा थियो। बलियो अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै जना जुट्नुपर्ने उनले बताइन्।
उनले भनिन्, ‘ हामी यो देशको विकासका लागि यही भूमिमा जन्मिएका दलहरू हौं, त्यसैले अब विचारतिर होइन, राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बनौं, बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित बनौं ।’
युवाहरूलाई देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।