काठमाडौँ। नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको छ ।
आजदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष बनाउने निर्णय गरेको हो ।
सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादीकेन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ ।