• फाल्गुन २८ २०८२, बिहीबार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

पुष ५ २०७८, सोमबार

काठमाडौँ। । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।