• फाल्गुन २८ २०८२, बिहीबार

काँग्रेस केन्द्रीय सदस्य (महिला खुला) र (मधेसी) तर्फकाे मतगणना जारी

पुष ५ २०७८, सोमबार

काठमाडौँ। नेपाली काँग्रेसकाे १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फकाे मतगणना जारी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार साेमबार बिहान १० बजेदेखि पुन: मतगणना सुरु भएको हाे ।

आइतबार राती पनि केन्द्रीय सदस्य (महिला खुला) र (महिला मधेसी) तर्फकाे मतगणना भएको थियाे । आज महिलाको चार र मधेसी खुला र महिलाकाे तीन समूहमा मतगणना भइरहेको छ । ‘, उनले भने । काँग्रेसकाे खुला महिला तर्फ नाै पदकाे लागि ३० प्रतिस्पर्धी छन् । यसैगरी महिला मधेसीतर्फ चार पदका लागि पाँच प्रतिस्पर्धी छन् । काँग्रेस केन्द्रीय सदस्य मधेसी (खुला) पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।