काठमाडौं । एमसीसी विरुद्ध ६ वटा कम्युनिष्ट पार्टीहरुले पौष ६ गते देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्ने भएका छ्न ।
आजै (आइतबार) एक सयुंक्त प्रेस बिज्ञप्ति जारीगर्दै काठमाण्डौ लगायत देशभर बिरोध प्रदर्शन र सभा गर्ने जनाएको छ ।
देउबा सरकारले आगामी पौष ६ गते बोलाइएको संसद बैठकबाटै एमसिसि योजना पासगर्न लागेको भन्दै उक्त योजनालाई विफलपार्न ६ कम्युनिष्ट पार्टीले देशभर आन्दोलनको घोषणा गरेका छन । उनीहरुले कम्युनिष्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रबादीहरू, देशभक्तहरु र आम समुदायलाई संघर्षको कार्यक्रमलाई सहयोग गर्न अपिल गरेका छन ।
प्रेषित संयुक्त बिज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’, नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिह, नेकपा (क्रान्तिकारी माओबादी)का महासचिव मोहन बैद्य ‘किरण’, नेकपा (माले) सी.पी. मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटेल, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुति, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले हस्ताक्षर गरेका छन ।