काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।
प्रधानमन्त्री देउवाले एमसिसी लगायतका विषयमा छलफल गर्न आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन्। तर, एमालेले भने उक्त बैठकमा सहभागी नहुने जनाएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धन पार्टी बैठकमा साक्षी बस्न एमाले उपस्थित नहुने बताए । उनले संसद्मा पार्टीले उठाएका विषयमाथि सिधै पार्टी अध्यक्षसँग संवाद गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘एमालेले संसदमा उठाएका माग सम्बोधन गर्न सर्वदलीय बैठक बोलाएको हो भने पार्टी अध्यक्षसँग सीधा संवाद गर्दा हुन्छ । होइन भने गठबन्धनको बैठकमा हामी जाँदैनौँ ।’
यसअघिका बैठकमा पनि एमाले अनुपस्थित हुँदै आएको छ।