• बैशाख ११ २०८२, बिहीबार

सर्वदलीय बैठक बस्नुअघि सत्तारूढ दलको बैठक बस्दै

पुष ४ २०७८, आईतवार

काठमाडौँ। सर्वलदीय बैठक अगाडि सत्तारूढ दलको बैठक बोलाइएको छ। सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने छ।

प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।

संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक अपरान्ह ४ बजेलाई आह्वान गरिएको छ ।
यसैबीच नेकपा एमाले भने आजको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ।