काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी रहेको छ । हिजोबाट सुरु भएको मतगणना जारी रहेको कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ । ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा भइरहेको मतगणनामा २३९३ मत गन्दा डा.शशांक कोइरालाले १९७१ मत प्राप्त गरेका छन्। सुरुवात देखि नै उनले अग्रता लिइरहेका हुन् ।
कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन ।