काठमाडौँ । सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो ।
बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसद्मा सहभागी सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।
गत शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।