काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले तीन जनाको नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीलाई नेपाली नागरिकताबाट हटाउने जानकारी दिएका हुन् । ।
यससँगै मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।