• बैशाख १० २०८२, बुधबार

कांग्रेस सह-महामन्त्रीको मतगणना सुरु

पुष १ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदतर्फको मतगणना सुरु गरिएको छ । केन्द्रीय कार्यालय सानेपामा मतगणना हुँदै छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आठमध्ये आज तीन क्लष्टरको मतगणना गरिनेछ ।

आज सहमहामन्त्रीको महिला, दलित, आदिवासी जनजातितर्फको मतगणना गर्न लागिएको हो । बाँकी पाँच क्लष्टरको मतगणना भोलि गरिने बताइएको छ।

आठ क्लष्टरबाट एक/एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६८२ मत खसेको थियो ।