• फाल्गुन २८ २०८२, बिहीबार

शेयर बजारबारे मैले गरेको विश्लेषण सही छ : प्रचण्ड

पुष १ २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् ।
आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको उनको भनाइ छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा चन्दा नदिएको रिसमा प्रचण्डले शेयरबजार विरुद्ध बोलेको भनेर ओलीले सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रचण्डले उक्त अभिव्यक्तिको खण्डन गरेका हुन्।

सो सन्दर्भमा प्रचण्डले विज्ञप्तिमा लेखेका छन्, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’