• फाल्गुन २८ २०८२, बिहीबार

पार्टी हितविरुद्ध कुनै कार्य भए संघर्ष हुन्छ : थापा

मंसिर २९ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । बुधबार डा. शेखर कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले पार्टीलाई मजबुद बनाउने कुरामा देउवासँग सहकार्य हुने र पार्टी हितविरुद्ध कुनै कार्य भए संघर्ष हुने बताए ।

थापाले भने,’ मैले दुई पटककै निर्वाचनमा मैले शेरबहादुर देउवालाई मत हालिनँ । निर्वाचित हुनुभयो अब हामी सबैको सभापति बन्नुभएको छ । पार्टीलाई मजबुद बनाउने कुरामा तपाईंलाई सहयोग हुन्छ । पार्टी हितविरुद्ध केही काम भए तपाईंसँग संघर्ष हुन्छ ।’

पार्टीलाई विधि पद्धतिअनुसार सञ्चालन गर्न सभापति देउवालाई निरन्तर दबाव दिने थापाको भनाइ छ। अघिल्लो कार्यकालमा हाक्काहाक्की गुटको बैठक गरेको स्मरण गर्दै उनले यो पटक त्यसो नगर्न समेत सभापति देउवालाई आग्रह गरे।