• बैशाख १६ २०८२, मंगलवार

संसद बैठक सुरु हुनासाथ एमालेको अवरोध

मंसिर २८ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए। एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक संचालन गरेका छन्।

आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ।