• फाल्गुन २८ २०८२, बिहीबार

प्रकाशमान सिंहको समर्थन देउवालाई

मंसिर २८ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं,’ नेता सिंहले भने, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’

कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुँदैछ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।