• फाल्गुन २८ २०८२, बिहीबार

सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि हुने

मंसिर २८ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ ।

सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।

मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । सोमबार भएको मतदानमा ४६७९ मत खसेको मध्ये देउवाले २२५८ मत प्राप्त गरे भने शेखर कोइरालाले १७२९ मत पाए ।