• बैशाख ९ २०८२, मंगलवार

विमलेन्द्र निधिद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

मंसिर २५ २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार उद्घाटन भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिमा यसअघि कल्याण गुरुङ, प्रकाशमान सिंह, शेखर कोइरालाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तिव्रता दिएका थिए।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहदुर देउवालेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।