• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पौडेल र सिंह गएनन्

मंसिर २३ २०७८, बिहीबार

काठमाडौँ । शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक बसिरहेको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक भर्खरै प्रधानमन्त्री तथा पार्टी सभापति देउवा पार्टी कार्यालय सानेपामा पुगेपछि बैठक सुरु भएको हो ।

महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित बसेको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् ।

तर, बैठकमा संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह भने सहभागी भएका छैनन् । सभापतिमा आकांक्षी रहेका दुवै नेता आफ्नो समूहमा सहमति जुटाउन नसकेर तनावमा रहेका बेला बैठकमा पनि सहभागी नहुने निर्णय लिएका हुन्।