काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्।
बिहीबार काठमाडौँको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् ।
पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।
पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उनले बताएका छन्।
उनले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कृष्णप्रसाद भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख व्यक्त गरे ।