• बैशाख ६ २०८२, शनिबार

बत्तीसपुतलीको बैठकबाट बाहिरिएका पौडेल सिटौला निवासमा

मंसिर २२ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनको सभापतिमा आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल अचानक कृष्णप्रसाद सिटौला निवास पुगेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै खाना खान भनेर बाहिरिएका पौडेल चन्डोलस्थित सिटौला निवासमा पुगेका हुन् । भेटमा महाधिवेशन केन्द्रित छलफल भएको बताइएको छ ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ । वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।

त्यस्तै संस्थापन पक्षको बैठक पनि बुढानिलकण्ठमा जारी छ।