पोखरा । लगातारको वर्षापछि खुलेको मौसममा नेपालका पर्यटकीय क्षेत्रहरु विशेष आकर्षणका केन्द्र बन्ने गर्दछन् । मौसम खुलेर आकाश सफा हुनु, चारैतिरका मनोरम दृष्यहरु क्षितिज पारीपारीसम्म देख्न पाइनुलाई विदेशीहरु अहोभाग्य ठान्दछन् ।
नेपाल देखेर मर्न चाहनेहरु धेरै खर्च गरेर नेपाल घुम्न आउँछन् । नेपालमा आएर उनीहरुले यहाँका सुन्दर र पर्यटकीय क्षेत्रहरुमा मन बहलाउने गर्दछन् र नेपालमा धेरै पैसा खर्च गरेर नेपालीहरुलाई गुण लगाएर स्वदेश फर्कने गर्दछन् ।
यी त भए विदेशीका कुरा । नेपालीका पनि छन् यस्ता कुरा । जो विदेशी झैं नेपालका धेरै स्थानहरुमा घुमेर रमाउन चाहन्छन् । उसो भए नेपालमा घुम्न लायक ठाउँहरु कुन कुन भनेर भन्दा नेपालीलाई नै अपमानबोध हुने गर्दछ । किन कि नेपालमा घुम्न जान मन नपर्ने ठाउँ कुनै पनि छैन ।
अथवा नेपालका प्रायः सबै स्थानहरु घुम्न र रमाउनका लागि उपयुक्त छन् । यसो भनिए पनि खासखास ठाउँहरुको नाम लिँदा लमजुङ जिल्लामा रहेको घलेगाउँ, कास्कीको माछापुच्छ्रे र मुस्ताङका विभिन्न ठाउँहरु ।
नाम लिने हो यस्ता ठाउँहरु धेरै नै छन्, त्यसकारण नाम लिन भन्दा पनि नेपाली पर्यटकहरुपनि ती ठाउँहरुमा घुम्न गएका र आन्तरिक पर्यटनमा टेवा पुर्याइरहेका समाचारहरु सञ्चारमाध्यममा आइरहन्छन् ।
आज हामी पनि नेपाली पर्यटकहरु मुस्ताङ र घलेगाउँ गएर रमाएका दृष्यहरु देखाउने छौं ।