काठमाडौँ। नेकपा एमालेको दशौं महाधिवेशनमा सचिवमा भएको निर्वाचनको मत परिणाम आएको छ ।
७ पदमा भएको निर्वाचनमा ९ जना उम्मेदवार रहेका थिए। परिणाम अनुसार गोकर्ण विष्टले १९७६, योगेश भट्टराईलेले १९६४, पद्यमा अर्याल र छविलाल विश्वकर्माले बराबर १८००, टोपबहादुर रायमाझीले १७०४, रघुवीर महाशेठले १५१३ र लेखराज भट्टले १७०४ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन् ।
भीम आचार्यले १३०० र टंक कार्कीले ५०० मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले आधिकारिकरुपमा मत परिणाम भने सार्वजनिक गरिसकेको छैन।