काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिको क्रीडास्थल बन्ने खतरा रहेको बताएका छन् । शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिँदै थापाले उक्त कुरा बताएका हुन् ।
त्यस्तै अध्यक्ष थापाले भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरेको बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले छिमेकी राष्ट्रले लगाएको नाकाबन्दी हटाएर उल्लेख्य काम गरेको पनि बताए । ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताए ।
यस्तै धर्म निरपेक्षताको विरोधमा रहेका थापाले एमाले महाधिवेशनले त्यसका विषयमा पनि बहस गरोस् भन्ने चाहना व्यक्त गरे। योजनावद्ध धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै थापाले आपत्ति जनाए।