काठमाडौँ। नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको जानकारी दिए ।
मार्चसापमा नागरिक समाजका सदस्यहरु समेतको संलग्न रहने उनले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले आज मार्चपास गर्न लागेको हो ।