• असार ७ २०८३, आईतवार

आज साउनको पहिलो सोमबार,देशभरका शिवालयमा भक्तजनको भिड

श्रावण ५ २०८२, सोमबार

काठमाडौँ । आज साउनको पहिलो सोमबार, हिन्दु धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन्।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरू शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्।

महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गरिन्छ ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।