• बैशाख २३ २०८३, बुधबार

बागी उम्मेदवारीबारे निर्णय लिन बालुवाटारमा गठबन्धनको बैठक सुरु

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौँ। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैक सुरु भएको हो ।

आजको बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल गरिने बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् ।