काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक सहमतिको खाका नबन्दा केही ढिला गरी सुरु भएको हो।
आजको बैठकमा ११ उपमहानगरमा भागबण्डा गर्ने तयारी छ। गएराति अबेरसम्म गठबन्धनको बैठक बालुवाटारमा बसे पनि सहमतिमा पुग्न सकेको थिएन।
६ महानगरको भागबण्डा भने मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको थियो।