• बैशाख २४ २०८३, बिहीबार

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

बैशाख ७ २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट घोषणापत्र सार्वजनिक गरिने भएको हो।

अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्।

घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने तयारी गरेको छ।

यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

तर ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् ।