• बैशाख १९ २०८३, शनिबार

संसदमा मलाई देख्यो भने ओलीको सातो जान्छ : अध्यक्ष नेपाल

पुष ६ २०७८, मंगलवार

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूलाई देखेर ओलीको सातो जाने गरेको बताए ।

मलाई देख्यो भने केपी ओलीे प्रवत्तिको सातो जान्छ,’ उनले भने, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’

अध्यक्ष नेपालले एमालेले संसदमा अवजरोध गरेर संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको समेत अपमान गरेको आरोप लगाए ।

‘अझै ओली र उनका मान्छेहरूले संसदमा उभिएर संवैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन्,’ उनले भने, ‘उनीहरू आफैँ संविधानको बर्खिलाप जान्छन्, निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन्, अनि भन्छन्, संविधानिक सर्वोच्चता कायम गर ।’

अध्यक्ष नेपालले ओली सुध्रिने आशमा पिल्सिएर बसेकालाई एकीकृत समाजवादीमा आउन आह्वान समेत गरे । ओली नसुध्रिने भएकाले पिल्सिएर नबस्न पनि उनले आग्रह गरे ।