• बैशाख २१ २०८३, सोमबार

निषेधाज्ञामा पनि कपिलवस्तुमा दुर्घटना रोकिएन

असार २ २०७८, बुधबार

कपिलवस्तु । कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय प्रशासनले गरेको निषेधाज्ञामा पनि कपिलवस्तुमा दुर्घटनाको क्रम रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको निषेधाज्ञामा कपिलवस्तुमा १४ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।
प्रहरी अनुसार सबैभन्दा बढी ११ जना मोटरसाईकबाट ज्यान गुमाएको छन्, १ जना बसबाट, १ जना जिप र १ टिपरबाट ज्यान गुमाएको जिल्ला टार्फिक कार्यालय प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताएको छन् ।

सबैभन्दा बढी कपिलबस्तु नगरपालिका र शिवराज नगरपालिकामा दुर्घटना भएको निरीक्षक क्षेत्रीले बताए । मोटर साईकल चालकहरु बढी स्पीडमा कुदाएको कारण दुर्घटना भएको कपिलबस्तु टार्फिकले जनाएको छ । निषेधाज्ञामा प्रशासनले गाडी चलाउन रोक लगाए पनि दुर्घटनाको क्राम रोकिएको छैन ।