• बैशाख २१ २०८३, सोमबार

बाढीबाट क्षतिग्रस्त स्थानमा स्वास्थ्यमन्त्रीद्वारा हवाई निरीक्षण

असार २ २०७८, बुधबार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्चीदेखि काभ्रेको दोलालघाटसम्म गएको बाढीपहिरो क्षतिग्रस्त स्थानमा हवाई निरीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ् हवाई निरिक्षणको क्रममा खानेपानीको ड्याम भन्दा ५०० मिटरमाथि अम्बाथान भन्दा अझै माथि ठूलो पहिरो गएको देखिएको छ । स्वास्थ्य मन्त्री सचिवालयका अनुसार ठूलो पहिरो बगेर नदिको वहाव कैयौं घण्टासम्म रोकिएको जनाइएको छ । हेलिकोप्टरबाट ठूलो पहाड नदिमा खसेर बहाव अवरुद्ध भएको देखिएको छ ।

बाढीका कारण हेलम्बु र चनौटे बजार र मेलम्चीमा ठूलो क्षति पुगेको छ । मेलम्ची र बाहुनपाटीसम्मको क्षेत्रमा लेदोका कारण डुबानमा परेका छन् ।

इन्द्रावती नदिमा आएको ठूलो पहिरोको कारण सो नदि थुनिएर पहिरो गएको खुलेको छ । मेलम्चीको पानीको मुहानभन्दा माथि पहिरो गएकोले मेलम्ची खानेपानी आयोजनाको ड्याममा समेत क्षति पुगेको छ ।