काठमाडौं । नेकपा एमाले नेता इश्वर पोखरेलले सम्पुर्ण एमाले नेता तथा कार्यकर्तालाई सिन्धुपाल्चोकमा बाढीपहिरोबाट पीडितहरुलाई सहयोग गर्न आह्वान गरेका छन् ।
उनले मेलम्चीका बाढी र पहिरो पीडितहरुको उद्दार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज पार्टी केन्द्रीय कार्यालयबाट बिदाइ गरेको जानकारी दिएका छन् ।
उनले तस्वीर सिन्धुपाल्चोकका बाढी र पहिरो पीडितहरुको राहत र उद्दारका लागि कुशलतापुर्वक भुमिका खेल्ने विश्वस्त लिएको बताए ।
उनले प्राकृतिक विपत्तिको यश घडीमा नेकपा एमालेका सम्पुर्ण नेता तथा कार्यकर्तालाई पीडितहरुको राहत र उद्दारका लागि संगठित ढंगले सहयोग पुर्याउन तथा संगठित शक्तिलाई परिचालित गर्न आह्वान समेत गरेका छन् ।
तस्वीर : इश्वर पोख्रेलको फेसबुकबाट