• बैशाख २१ २०८३, सोमबार

मेलम्चीमा भीषण बाढी र पहिरो, दर्जन बढी हराएको प्रहरीको अनुमान

असार १ २०७८, मंगलवार

सिन्धुपाल्चोक ।  मेलम्चीमा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकका ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले दर्जन बढी हराएको अनुमान गरेको छ । रात परेकाले क्षतिको आंकलन र उद्दार गर्न कठीनाइ भएको प्रहरीको भनाइ छ ।

मेलम्ची बजार पनि बाढीको जोखिममा परेको छ ।