• बैशाख २१ २०८३, सोमबार

निषेधाज्ञामा नक्कली सवारी पास लिएर हिँड्ने दुईजना पक्राउ

असार १ २०७८, मंगलवार

काठमाडौं । प्रहरीले निषेधाज्ञाका समयमा नक्कली सवारी पास लिएर हिँड्ने दुईजनालाई ललितपुरबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङ छन्।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर नक्कली पास बनाई सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो।

मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले अहिले उनीहरु विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दामा हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।