• बैशाख २१ २०८३, सोमबार

गाडीका समान चोर्दा चोर्दै दुईजना गिरफ्तार

असार १ २०७८, मंगलवार

दाङ। गाडीहरुको मर्मत गर्ने ग्यारेजबाट समान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुईजनालाई पक्राउ गरेको छ। सोमबार राति लमहीको एक ग्यारेज पसलबाट गाडीका पुरानो समान (फलाम) चोरी गरेर लिने क्रममा वडा प्रहरी कार्यालय लमहीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

लमहीको अन्सारी मोटर पाट्सबाट सवारी साधनका पुराना समान चोरी गरेर साइकल बाँधेर लैजाने क्रममा दुईजनालाई नियन्त्रमा लिएको प्रहरीले बताएको छ। अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरुलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाई छ।

उनीहरु अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छन्। चोरीमा संलग्न मध्ये एकजना सोही ग्यारेजमा काम गर्ने कामदार नै रहेको बुझिएको छ।