विराटनगर । मोरङमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।
सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो ।
निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान ५ बजेदेखि ११ बजेसम्म सञ्चालन पाइने छ ।