• बैशाख २१ २०८३, सोमबार

तीन पार्टीका नेताबीच नेपाल निवासमा भेट

जेष्ठ ३१ २०७८, सोमबार

काठमाडौं ।  सोमबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवासमा भएको भेटघाटमा करिब  डेढ घण्टा छलफल भएको छ ।

सोमवार साँझ नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  कोटेश्वर पुगेका थिए । त्यसपछि संगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत कोटेश्वर पुगेका थिए ।

कोटेश्वरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का बीच डेढ घण्टा छलफल भएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वर्तमान गठबन्धन एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको छ । एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको छलफलले निष्कर्ष निकालेको  छ ।

यस्तै नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।