• बैशाख २१ २०८३, सोमबार

भोलिदेखि २ महिनासम्म मेलम्चीको पानी नआउने, २ देखि १२ दिन बिराएर पानी आउने (तालिकासहित)

जेष्ठ ३१ २०७८, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि २ महिनासम्म मेलम्चीको पानी नआउने भएको छ ।

प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले असार १ गते (भोलि) देखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर २ देखि १२ दिन बिराएर वितरण गरिने जनाएको छ ।

काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

त्यस्तै बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलले जनाएको छ ।