• मंसिर १३ २०८१, बिहीबार

जाडो मौसममा के खाँदै हुनुहुन्छ ? समस्या उत्पन्न सक्ला

मंसिर ७ २०७८, मंगलवार

तपाईँ जाडो मौसममा के खाँदै हुनुहुन्छ ? यदी अन्य समयको बेलाजस्तै खाइरहनुभएको छ भने कृपया त्यसलाई रोक्नुहोस् तपाईँ हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ त्यस्ता फुडहरु बारेमा जसले जाडो मौसममा सजिलै तपाईँको स्वास्थ्यलाई स्वस्थ्य राख्न सहयोग गर्नुको साथै प्रतिरोधात्मक क्षमतामा पनि सुधार गर्न थाल्छ । यसलाई भनिन्छ – सुपरफुड । अर्थात् तागतिला खानेकुरा ।

यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ भने, रोगहरुले तपाईँलाई छुन सक्ने कारण हुँदैन ।

पुस लागेसँगै जाडो पनि अत्याधिक बढ्दो छ । यो मुटुकाम्ने जाडोमा पनि सुपरफुड हुन त्यो बदाम होस् वा ओखर वा काजु ती सबैमा ‘ओमेगा फ्याटी’ र धेरै खनिजहरु पाइने फुड हुन्, वैज्ञानिकका अनुसार तपाईँको ऊर्जालाई बढाउने मात्र होइन शरीरलाई न्यानो पनि दिन्छ ।

जाडोमा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या उत्पन्न हुन्छ ।

ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ्य राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

मह र तातोपानी :
वजन घटाउनको लागि अनुहारको चमकदेखि शरीरका टक्सिन फाल्नको लागिसम्म मह र तातोपानी खानुपर्छ । हुन त सबैको घरमा सजिलै उपलब्ध हुने कुरा हो – मह । तातोपानीमा मह मिसाएर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ ।

मनतातो पानीमा मह मिसाएर पिउँदा हाम्रो शरीरमा भएको विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् साथै आन्द्रालाई पनि सफा राख्छ । यसको नियमित प्रयोगले तौल पनि घटाउँछ । यसले छाला पनि सुन्दर बनाउँछ ।

बदाम/आल्डमण्ड :
बदाम दुई किसिमको हुन्छ । एकथरी बदाम हामी हाम्रै माटोमा पनि फलाउन सक्छौँ । अर्कोथरी बजारमा किन्न पाइन्छ । बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटिन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिडलगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ ।

अझ आल्मण्ड बदामलाई राति भिजाएर बिहान खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा टयानिन हुन्छ जसले शरीरको पोषक तत्वलाई कायम राख्न सहयोग गर्नुका साथै शरीरलाई पनि तातो राख्न पोषण दिन्छ ।

ओटमिल/ओट्स :
ओटमिल एकदमै राम्रो ब्रेकफास्ट हो । एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोगले तपाईँको शक्ति दिन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।

मेवा :
आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै तौल पनि घटाउँछ ।

अरु महत्वपूर्ण खानेकुरा के–के हुन् ?
ल्वाङ, सुकुमेल, दालचिनी, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने ।

बेला–बेलामा ग्रिन टिको सेवन गर्ने, पानी प्रशस्त पिउने ।
बजारिया, प्लाष्टिकमा प्याक गरिएका, रङ हालिएका, बासी, खानेकुरा नखाने

पर्याप्त पानी, फलफूल र सागपातको सेवन गर्ने ।