• मंसिर १५ २०८१, शनिबार

प्रहरी हिरासतमा हुने मृत्युको स्वतन्त्र छानबिन गर्न एम्नेस्टी नेपालको माग

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। एम्नेस्टी इन्टरनेसनल नेपालले प्रहरी हिरासतमा हुने मृत्युको स्वतन्त्र छानबिन गर्न माग गरेको छ । हिरासतमा यातना दिने र दुर्व्यवहार हुने गरेको भन्दै एम्नेस्टीले अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो । गत तीन महीनामामात्रै हिरासतमा कम्तिमा ६ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै एम्नेस्टीले यस्ता घटनाको तत्काल निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी पीडित परिवारलाई प्रभावकारी कानूनी उपचारको सुनिश्चित गर्नुपर्ने बताएको हो ।

यसैबीच, एम्नेस्टीले यसरी हिरासतमा हुने घटना रोक्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेख्ने अभियान पनि सुरु गरेको छ ।