चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताएका हुन् ।
उनले भने, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भने ।